Logo
Logo

शरणार्थी प्रकरणविरुद्ध अनेरास्ववियू दोलखाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र


378
Shares

दोलखा । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाहरुलाई कारबाहीमा कुनै कसुर बाँकी नराख्न माग गर्दै नेकपा एकीकृत समाजवादी निटक अनेरास्ववियू दोलखाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियू दोलखाका अध्यक्ष पुष्पक केसीको नेतृत्वमा बुधबार जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आलेलाई ज्ञापनपत्र बुझाएको हो ।

अनेरास्ववियूको केन्द्रीय सर्कुलर अनुसार सरकारलाई दवाव सिर्जना गर्ने उद्देश्यले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत ध्यानाकर्षण पत्र बुझाइएको दोलखा जिल्ला अध्यक्ष पुष्पक केसीले जानकारी दिए ।

अनेरास्ववियूले स्थापनाकालदेखि नै विभिन्न रचनात्मक गतिविधि गर्दै बेथिति र विसंगतिको विरुद्धमा आवाज उठाउँदै आएको जनाउँदै पछिल्ला भष्टाचारजन्य विभिन्न काण्डको विरोध र दबाब सृजना गर्दै आएको जनाएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नक्कली भुटानी शरनार्थी बनाई नेपाली नागरिकलाई बेचविखन गर्ने आपराधिक मानसिकता साथ केही गिरोहहरु सक्रिय भएको हुदाँ त्यस्ता गतिविधिमा संललग्न देशद्रोही अपराधीहरुलाई उम्कन नदिई तिनका विरुद्ध कानुनी कारबाही गराउन जिल्ला प्रशासन कार्यालयमार्फत सम्माननीय प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्