Logo
Logo

एनआरएनए पोल्याण्डद्वारा विद्यालयलाई आर्थिक सहयोग


12.7k
Shares

काठमाडौं । एनआरएनए पोल्याण्डले चितवनको रत्ननगर–१५ नगरपालिकास्थित श्री विन्देश्वरी आधारभूत विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

एनआरएनए पोल्याण्डले ‘शिक्षाको पहुँच सबैमा’ परियोजना अन्तर्गत चेपाङ बालबालिका अध्ययन गर्ने उक्त विद्यालयलाई आर्थिक सहयोग गरेको हो । विद्यालय व्यवस्थापन समिति, वडा समिति, शिक्षक तथा अभिभावकको रोहबरमा विद्यालयलाई रकम हस्तान्तरण गरिएको छ ।

बिहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी एनआरएनए पोल्याण्डका उपाध्यक्ष कविन सुवेदीले विद्यालयलाई १ लाख ९० हजार नगद रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष सुवेदीले चेपाङ समुदायका बालबालिकाको पठनपाठन तथा खेलकुदका लागि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सहायता रकम हस्तान्तरण गरिएको स्पष्ट पारे । उनले हाम्रो सानो प्रयासबाट विद्यालयका बालबालिकाको अध्ययनले निरन्तर पाउने र सहयोगको सहि सदुपयोग हुने अपेक्षा गरेको बताए ।

एनआरएनए पोल्याण्डको आव्हानमा त्यहाँ रहेका नेपालीहरुले स्वच्छिक आर्थिक सहयोग मार्फत उक्त रकम जुटाएका हुन् । सहयोग रकमले बालबालिकाका लागि अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक, बालखेल सामाग्री र दुईथान पिङ खरिद गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्