
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बैठक दिउँसो १२ बजे सिंहदरबारमा बस्नेगरी बोलाएका हुन् ।
सरकारले आज आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
त्यसअघि सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।














