
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार पहेँलो धातु सुनको भाउ घटेको छ । शुक्रबार अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको होे ।
योसँगै आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार पनि सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ९ हजार ७ सय रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।
शुक्रबार पनि चाँदीको भाउ स्थिर रहँदै १ हजार ३७० रुपैयाँमै कारोबार भएको थियो।











