
काठमाडौं । सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । शुक्रबार सिहंदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो ।
आज बेलुका ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल कुनै तामझाम नगरी संसद भवन नयाँ बानेश्वर जाने तयारी गरेका छन् ।
उनले सवारीका क्रममा सडकमा सार्वजनिक सवारीसाधन नरोक्न समेत सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।














