Logo
Logo

सिटी होटेलको आईपीओ बाँडफाँट


819
Shares

काठमाडौं । सिटी होटेल लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ शुक्रबार बिहान ह्यात प्लेस, तहाचाल काठमाडौंमा बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा १० लाख ९२ हजार ६६७ आवेदकबाट एक अर्ब १८ करोड ९५ लाख ३७ हजार रुपैयाँ बराबरको एक करोड १८ लाख ९५ हजार ३७० कित्ता सेयर माग गर्दै आवेदन दिएका थिए । त्यसमध्ये चार हजार ९९२ आवेदकको आवेदन रद्ध भएको बिक्री प्रबन्धकले जनाएको छ ।

१० लाख ९२ हजार ६६७ जनाको आवेदन सदर भएकोमा एक लाख ३५ हजार ५९४ जना योग्य आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले वैशाख २५ गतेदेखि २८ गतेसम्म १३ लाख ५५ हजार ९४० कित्ता सेयर सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्