काठमाडौं । सरकारले नीति तथा कार्यक्रममा अर्थतन्त्र लयमा फर्केको दाबी गरेको छ । प्रतिनिधिसभामा नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त दाबी गरेका गरेका हुन् ।

नीति तथा कार्यक्रमा सार्वजनिक गर्दै उनले भने– ‘सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको छ, आर्थिक परिसूचक सकारात्मक भएको छ। अर्थतन्त्र लयमा फर्केको छ ।’
त्यस्तै विप्रेषण पनि बढेको भन्दै नीति तथा कार्यक्रमले अर्थतन्त्रमा टेवा र्पुयाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।














