Logo
Logo

भ्रष्टाचार देशकै ठूलो समस्या हो : माधव नेपाल


1.5k
Shares

काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले भ्रष्टाचार नै देशको ठूलो समस्या रहेको बताएका छन् । आज (शनिवार) जनकपुरधाम विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले देशको विकाश समृद्धि र उन्नतीको बाधक नै भ्रष्टाचार रहेको बताएका हुन् ।

उनले भने मधेश होस कि पहाड,पूर्व होस कि पश्चिम सबैभन्दा ठूलो समस्या अहिले भ्रष्टाचार नै छ, अनि भ्रष्टचारीले कुनै जात पनि जान्दैन क्षेत्र पनि जान्दैन। मान्छे बेचखिन जस्ता अपराध यहाँ भइरहेको छ।’

राष्ट्रिय स्तरको समस्याहरुलाई केलाउँदै शुसासनको सन्दर्भमा सरकारले थालेको पहल उचित रहेको उनले बताए । अध्यक्ष नेपालले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्नु पर्नेमा सबै एक मत नै रहेको भए पनि अदालतको निर्णय गरिसकेपछि अन्य उपायबारे सोंच्नु पर्ने आवश्यकता रहेको बताए ।

टिकापुर घटनामा संलग रहेको भन्दै जिल्ला अदालत दिपायलले आजीवन कारावासको सजाय सुनाएका चौधरीलाई मंगलबार सर्वोच्च अदालतले जन्मकैदको सजाय हुने फैसला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्