Logo
Logo

जब महिलाले डिएसपीलाई ५० हजारको बिटो दिइन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ मंसिर ।
प्रहरीलाई ५० हजार घुस दिएर आफ्नो अपराध लुकाउन खोज्ने महिलालाई अख्तियार दुरुपेग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । टोखा नगरपालिका, वडा नं. ५ बसुन्धारामा रहेको आगमन फुडल्यान्ड एण्ड गेष्टहाउसकी संचालिा सोममाया राईलाई आयोगले मुद्दा दायर गरेकाे हो ।


उनको गेष्टहाउसमा गत ३ मंसिरमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोली छापा हान्न गएको थियो । पक्राउ नगर्न भन्दै उनले डिएसपी उमेश लम्साललाई ५० हजार रुपैयाँको बिटो दिएकी थिइन् । पैसासहित उनलाई पक्राउ गरेर प्रहरीले अख्तियारमा बुझाएको थियो ।
उनले गाउँका युवतीहरुलाई जागिर लगाइदिने भन्दै काठमाडौंमा ल्याएर आफ्नो गेष्टहाउसमा राखी बेश्यावृत्ति धन्दामा लगाउने गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्