Logo
Logo

राजमार्गमा शंकास्पद वस्तु फेला


- दृष्टि न्युज/संवाददाता


बैतडी, १४ मंसिर । दोगडाकेदार गाउँपालिका–५ स्थित सिल्केलेकस्थित महाकाली राजमार्गमा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राजमार्गमा बिहान साढे ११ः०० बजे भेटिएको वस्तु स्टिलको बाल्टीनमा तार जोडेको अवस्थामा सो प्रतिवन्धित नेत्रविक्रम चन्द समूहले राखेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।
दोगडाकेदारको वडा नं ४, सुर्नया गाउँपालिकाको वडा नं १ र पुर्चौडी नगरपालिकाको वडा नं ४ मा उपनिर्वाचनका लागि मतदान भने जारी रहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्