Logo

सडक बनाउने क्रममा पोखरामा पाँच मजदुरको मृत्यु


Published On : 1 December, 2019

पोखरा, १५ मंसिर ।
पोखरा महानगरको वडा नम्बर २० मौजा स्थित बिसौनामा सडकको काम गरिरहेका ५ जना मजदुरको पुरिएर मृत्यु भएको छ । । पोखरा–मौजा सडकको रिटेनिङवाल निर्माणमा खटिएका सल्यानका तोवान बस्नेत, खिमलाल ओली, गणेश ओली, जीतबहादुर बस्नेत र जोगेन्द्र ओलीको ज्यान गुमेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।


विहान झण्डै ७ स् ३० बजे मजदुरहरुले काम गरिरहँदा माथिबाट अचानक ढिस्को खसेको हो । अप्ठ्यारो चट्टान रहेकाले उद्धारमा केही ढिलाई भएको थियोे । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले पुरिएकाको उद्धार गरेको हो ।

मजदुरहरु सबै सल्यानको बाघचौर नगरपालिका ४ पेडिखोलाका हुन् । ढिस्को खस्दा भागेर बाँच्न सफल रहेका मजदुर खीमलाल बस्नेतले हारगुहार गरेपछि घटनाको बारेमा स्थानीयले जानकारी पाएका थिए । ज्यान गुमाउने पाँचै जनाको शव पोखरा ल्याउने तयारी गरिएको वडा नम्बर २० का वडाध्यक्ष सिम गुरुङले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्