Logo
Logo

वाणिज्य बैंकले गर्याे राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान


117
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान गरेको छ । बैंकले एक कार्यक्रममार्फत क्रिकेट खेलाडी र प्रशिक्षकलाई जनही १ लाख रुपैयाँसहित सम्मान तथा पुरस्कृत गरेको हो ।

त्यस्तै टिम अफिसियलहरूलाई जनही ५० हजार रुपैयाँले पुरस्कृत गरिएको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ । प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाली क्रिकेट टोलीको प्रशंसा गर्दै आगामी दिनमा थप उचाइ प्राप्त गर्न शुभकामना दिए ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बैंकसँगको सहकार्य र खेलाडी सम्मानले हौसला प्राप्त गरेको बताए । उनले खेलाडीसँगै खेलाडी छनोटकर्ता र प्रशिक्षकप्रति पनि आभार प्रकट गरे ।

राष्ट्रिय वाणिज्य बैंकले गत बुधबार नै नेपाली राष्ट्रिय क्रिकेट टोलीका नेपाली टोलीलाई नगद राशिसहित सम्मान गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्