Logo
Logo

अर्बौं बक्यौता स्मार्ट टेलिकमले नै तिर्नुपर्ने


143
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम नियन्त्रणमा लिनुअघि संस्था वा सर्वसाधारणलाई बुझाउनुपर्ने सबै दायित्व कम्पनीको भएको बताएको छ ।

स्मार्ट टेलिकमको सम्पूर्ण जायजेथा नियन्त्रणमा लिएको प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै गत वैशाख २१ गते अघिको व्यक्तिगत तथा संस्थागत लेनदेनको जिम्मेवारी आफूले नलिने र सो जिम्मेवारी टेलिकमको नै भएको प्रस्टाएको हो ।

‘स्मार्ट टेलिकमलाई नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिनु अगाडि स्मार्टबाट संस्था/सर्वसाधारण व्यक्तिलाइ तिर्न/बुझाउनुपर्ने बक्यौता कम्पनीकै हुनेछ। यसमा नेपाल सरकार वा प्राधिकरणको कुनै दायित्व नहुने भएको व्यहोरा सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ ।

स्मार्ट टेलिकमले सेवा विस्तारका लागि विभिन्न बैंकबाट झण्डै ६ अर्ब रुपैयाँ ऋण लिएको छ । त्यस्तै सिमको मात्रै एक अर्ब भन्दा बढी दायित्व छ ।

प्रतिक्रिया दिनुहोस्