Logo
Logo

युनिक नेपालको एफपीओमा आवेदन खुला



काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओपछि निष्कासन गरेको फर्दर पब्लिक इस्यू (एफपीओ)मा आजदेखि आवेदन दिन सकिन्छ ।

कम्पनीले निष्कासन गरेको एफपीओमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म मागअनुसार आवेदन नपरे जेठ २५ गतेसम्म समय थप गरिने कम्पनीले जनाएको ।

लघुवित्तले तीन करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका तीन लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर निष्कासन गर्न गरेको हो ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्जर भएर बनेको यस लघुवित्तमा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ प्रतिशत भएकोले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृतिपत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम एफपीओ निष्कासन गरिएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा सीडीएस एन्ड क्लियरिङ्ग लिमिटेडले तयार पारेको ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस इस्युअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले एफपीओबाट प्राप्त रकम विपन्न वर्ग कर्जा, तरलता व्यवस्थापनअन्तर्गत वित्तीय संस्थाहरूमा मौज्दात र पुस मसान्तसम्म तीनवटा शाखा थप गर्न लगनी र खर्च गर्ने बताइएको छ ।

हाल लघुवित्तको चुक्तापुँजी ११ करोड ६ लाख ३२ हजार रुपैयाँ रहेको छ । एफपीओ बाँडफाँटपश्चात् लघुवित्तको चुक्तापुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्