Logo
Logo

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्डको सुभारम्भ


143
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै क्रेडिट कार्ड सेवाको सुभारम्भ गरेको छ ।

बैंकले २९औं वार्षिकोत्सवको अवसरमा हिजो शुक्रबारदेखि औपचारिक रुपमा भिजा क्रेडिट कार्ड सेवाको सुभारम्भ गरेको हो ।बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच क्रेडिट कार्ड सेवाको समुद्घाटन गरेका हुन् ।

उनले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

उक्त क्रेडिट कार्ड प्रयोगकर्ताले पोइन्ट अफ सेल, अनलाईन कारोबार तथा भिजा कार्ड स्वीकार गर्ने एटिएमबाट सजिलै नगद झिक्न, पिओयस मार्फत भुक्तानी गर्न र वस्तु वा सेवाहरु खरिद गर्न सक्नेछन् ।

बैंकका अनुसार कार्ड मार्फत नगद झिक्दा, अनलाईन भुक्तानी गर्दा र वस्तु वा सेवाहरु खरिद गर्दा अधिकतम ४५ दिन सम्म व्याज नलाग्ने, क्रेडिट कार्ड सिमा १५ हजार देखि ५ लाखसम्म पाउने तथा नेपाल भारत र भुटानमा सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरु क्रेडिट कार्ड सेवामा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्