Logo
Logo

आजदेखि सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आजदेखि संस्थापक सेयरधनी केशव बोहराको नाममा रहेको १० हजार ७७३ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकल जनाएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले उक्त सेयर खरिद गर्न १५ दिनभित्र विवरण खुलाई बैंकको प्रधान कार्यालय बालुवाटार काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

बैंकको अनुसार म्यादभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेकाले जोकोही सर्वसधारण लगानीकर्ताले आवेदन पेश गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्