Logo
Logo

आजबाट एकीकृत कारोबार गर्दै युनाईटेड अजोड इन्स्योरेन्स


104
Shares

काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सले मर्जर प्रक्रिया पूरा गरी आजबाट एकीकृत कारोबार शुरू गरेका छन् ।
यी दुवै कम्पनी एक आपसमा गाभिएर युनाईटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार थालनी गरेका हुन् ।

गत चैत १६ गते मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका यी दुई कम्पनी १००ः ८२.५ को अनुपातमा मर्जर भएका हुन् । अर्थात युनाइटेड इन्स्योरेन्सको एक सय कित्ता सेयर बराबर अजोडको ८२.५ कित्ता हुनेछ । अजोड इन्स्योरेन्सले प्रभु इन्स्योरेन्ससँग मर्जर तोडेर युनाइटेडलाई रोजेको हो ।

हाल युनाइटेडको चुक्ता पुँजी १ अर्ब २ करोड छ भने अजोडको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । मर्जरपछि बोनस सेयर वितरण गर्ने र त्यसले पनि नपुगेको पुँजीका लागि हकप्रद सेयर जारी गर्ने कम्पनीको तयारी छ ।

युनाइटेड इन्स्योरेन्समा चौधरी ग्रुपको मुख्य लगानी छ भने अजोड इन्स्योरेन्समा भाटभटेनी समूह, कालु गुरुङ, आजाद श्रेष्ठलगायतको लगानी रहेको छ । अजोडका अध्यक्ष आजाद श्रेष्ठलाई अध्यक्ष बनाउने समझदारी भैसकेको छ भने एकीकृत कम्पनीको सीईओ भने श्रवण रावललाई बनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्