Logo
Logo

आगामी बजेट- सरकारी कर्मचारीको तलब नबढ्ने


3k
Shares

काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ ।

आर्थिक सुधारलाई प्राथमिकतामा राख्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आज मध्यान्ह ४: १५ बजे बस्ने संसदको संयुक्त बैठकमा १७ खर्ब १५ अर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत गर्ने भएका हुन् ।

यसपटक सरकारले सरकारी कर्मचारीको तलब सुविधा नबढाउने भएको छ । तर, महँगी भत्तालाई निरन्तरता दिने छ ।
त्यस्तै भन्सार राजस्व र रेमिटेन्समा निर्भर रहेको अर्थतन्त्रलाई पुनर्संरचना गर्ने कार्यक्रमहरु ल्याइँदैछ । त्यसमा वैदेशिक लगानीलाई प्रोत्साहित गर्दै लगानी सीमा पुनरावलोकन गरिने छ ।

८ प्रतिशतको आर्थिक वृद्धि लक्ष्यलाई साढे ६ प्रतिशत कायम गर्ने लक्ष्य सरकारले राखेको छ । मूल्यवृद्धि दर ७ प्रतिशत कायम गर्ने सरकारी लक्ष्य छ । सरकारले बजेटमा अलिक बढी मौद्रिक नीतिको भर खोजेको छ । राष्ट्र बैंकलाई सरकार प्रति लचिलो बनाउने नीति पनि बजेटमा राखिएको छ ।

सरकारले केही कानुनको खारेज गर्दै विद्यमान कानुनहरु पुनरावलोकन गर्ने बजेटमार्फत घोषणा गर्ने छ । कृषिमा दिइएको अनुदानमा केही कटौती हुने छ भने सामाजिक सुरक्षा भत्ता वितरणको संरचनामा पनि परिवर्तन गर्न खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस्