Logo
Logo

राष्ट्रिय बिमा कम्पनीको साधारणसभा जेठ ३१ गते


91
Shares

काठमाडौं । राष्ट्रिय बिमा कम्पनीले जेठ ३१ गते साधारण सभा बोलाएको छ । साधारणसभा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा साविकको राष्ट्रिय बिमा संस्थानको आर्थिक वर्ष २०६८/६९, २०६९/७० र २०७०/७१ र निर्जीवन बिमा विभागको आर्थिक वर्ष २०७०/७१, २०७१/७२ र २०७२/७३ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा रहेको छ । 

कम्पनीले लाभांश वितरण भने यसपटक पनि नगर्ने भएको छ । सभामा यी आर्थिक वर्षको प्रतिवेदन र सोही आर्थिक वर्षहरुको वासलात तथा नाफा नोक्सान सम्बन्धी प्रस्तावहरु पेश गरिनेछन् ।

सर्वसाधारण सेयरधनीबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गर्नेछ । यस मितिभन्दा अघिसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्