Logo
Logo

रोजगारी बढाउन ७ अर्ब विनियोजन


315
Shares

काठमाडौं । सरकारले स्थानीय तहसँग मिलेर रोजगारी बढाउने कार्यक्रम गर्ने भएको छ ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले ‘आत्मनिर्भर अर्थतन्त्रको आधार, स्वदेशमै उत्पादन र रोजगार’ कार्यक्रम सञ्चालन गर्ने बताए ।

उनले स्थानीय आर्थिक सम्भावनाका आधारमा कार्यक्रम गरिने बताए । मुलतः कृषिको व्यवसायीकरण, सूचना प्रविधि र पर्यटन क्षेत्रमा सरकारले उक्त कार्यक्रम गर्ने छ र बाँझो जमिनमा उद्दम गर्न प्रोत्साहन गरिने पनि बताइएको छ ।

उक्त कार्यक्रमका लागि निर्देशिका साउन महिनाभित्र बनाइने छ भने बजेट ७ अर्ब विनियोजन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्