Logo
Logo

कृषि, पशुपंक्षी तर्फका स्नातक जनशक्ति व्यवस्थापन गर्न ४७ करोड बिनियोजन


504
Shares

काठमाडौं । सरकारले आगामी वर्ष २०८०/०८१ मा ‘खेतबारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा’ भन्ने नारासहित कृषि एवम् पशुपंक्षी तर्फका स्नातक जनशक्ति व्यवस्थापन गर्नका लागि ४७ करोड बिनियोजन गरेको छ ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो कुरा बताए ।

अब किसानहरुले खेतिबारीमै प्राविधिक सेवा प्राप्त गर्न सक्ने अर्थमन्त्री महतको भनाई छ ।

यस्तै, धान र आलुमा आत्मनिर्भर हुन १०० स्थानीय तहमा धान र आलु खेती विस्तार गरिने पनि अर्थमन्त्री महतले बताए ।

प्रतिक्रिया दिनुहोस्