Logo
Logo

हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान


3.2k
Shares

काठमाडौं । संसदीय सुनुवाइ समिति प्रधानन्यायाधीश नियुक्तिका लागि १० दिनभित्र उजुरी दिन आह्वान गरेको छ ।

मंगलबार बिहान सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामु प्रधानमन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकमा कार्कीको व्यक्तिगत विवरण सांसदहरूलाई वितरण गरिएको छ भने सार्वजनिक सूचना गोरखापत्रमा प्रकाशन तथा नेपाल टिभीबाट प्रसारण गरिने निर्णय भएको छ । कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ ।

उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नेछ भने बेनामे उजुरीलाई भने प्राथमिकता नदिनेबारे समितिमा छलफल भएको छ । गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्