
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा छलफल गर्दैछ ।
एमालेको सम्पर्क समन्वय कमिटीले दिउँसो पौने २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रिय सरोकारका विषयमा विज्ञसँग छलफल गर्न लागेको हो ।
छलफलमा एमालेका महासचिव शंकर पोखरेल, परराष्ट्रविज्ञ हिरण्यलाल श्रेष्ठ र सूर्यनाथ उपाध्याय र परराष्ट्र तथा जलस्रोतविज्ञ एवं सीमाविज्ञ बुद्धिनारायण श्रेष्ठ सहभागी हुने सम्पर्क समन्वय कमिटीका संयोजक श्यामकुमार बस्नेतले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्ड मङ्गलबार चारदिने भारत भ्रमणमा निस्कँदै छन् । उनी भ्रमण सकेर २० जेठमा स्वदेश फर्किनेछन् ।














