काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको छ । सरकारका प्रवक्ता एवंम सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले मंगलबारको मन्त्रिपरिषद् बैठकले कुनै निर्णय नगरेको बताइन् ।

‘भोलिबाट हुने प्रधानमन्त्रीको भारत भ्रमणको तयारीबारे छलफल भयो, निर्णयका रूपमा केही भएको छैन । बजेटमाथि प्रधानमन्त्री भारतबाट फर्केपछि छलफल हुने भन्ने कुरा भयो’, उनले भने ।
त्यस्तै उनले मंगलबारको मन्त्रिपरिषद् बैठकमा नागरिकता विधेयकबारे विषय प्रवेशमात्र भएको भन्दै राष्ट्रपतिबाट प्रमाणीकरण हुने अपेक्षा रहेको बताइन् ।
उनले भनिन्, ‘नागरिकता विधेयक मन्त्रिपरिषद्बाट निर्णय गरेर राष्ट्रपतिलाई पठाएका हौ । त्यसमा अव राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गरेर प्रमाणीकरण गर्नुहुन्छ भन्ने अपेक्षा गरेका छौं ।’











