Logo
Logo

कुमारी बैंकको ७१ हजार २६५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला


208
Shares

काठमाडौं । कुमारी बैंकले बैंकको नाममा रहेको ७१ हजार २६५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम ११० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यसमा जेठ २३ गतेसम्म आवेदन दिन मिल्ने बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी काठमाडौंले जनाएको छ । लिलामी सेयरको आवेदन जेठ २४ गते बिहान १० बजे कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा खोलिनेछ ।

प्रतिक्रिया दिनुहोस्