
काठमाडौं । युवा संघ नेपालले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालमाथि भएको दुव्र्यवहार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
युवा संघ नेपालका महासचिव दिपक जिएमले एक विज्ञप्ति जारी गर्दै काठमाडौंको अनामनगरमा सोमबार आयोजित एक कार्यक्रममा ज्ञानेन्द्र शाह समर्थक केही युवाहरुले नेता खनालमाथि चर्को नाराबाजी गर्दै अभद्र व्यवहार गरपछि आपत्ति जनाएका हुन् ।
्।
उनले भनेका छन्, ‘पार्टीका सम्मानित नेता खनालमाथि ज्ञानेन्द्र शाहको समर्थक बताउने केही सुण्डमुसुण्डहरुले गरेको अभद्र र अराजनैतिक हर्कतको घोर निन्दा र भन्सर्ना गर्दछौँ ।’
विज्ञप्तिमा थप भनिएको छ, ‘प्रधानमन्त्रीको भारत भ्रमण र भारतीय संसदमा नेपाली भूमि अंकित गरी राखिएको नक्साको सन्दर्भमा वामपन्थीहरुको धारणा तय गरी सुझाव दिने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया तथा छलफलमा छदमभेषमा प्रवेश गरेका ज्ञानेन्द्र शाहको सुण्ड–मुसुण्ड हरुले गरेको अभद्र र अराजनैतिक हर्कतको घोर निन्दा र भत्सर्ना गर्दछौँ ।’
नेपाली जनताको सार्वभौम, स्वतन्त्रता समानताको खातिर समान्तवाद दलाल नोकरशाही विरुद्धको संघर्षमा अविचलित नेपाल कम्युनिस्ट आन्दोलनको अग्रणी नेताहरु माथि हुने यो किसिमको घटनाहरु लाखौं जनताको संघर्ष र वलिदान वाट प्राप्त गणतन्त्र र संविधान माथिको नांगो प्रहार भएको युवा संघ नेपालको ठहर छ ।
साथै जनताले रछ्यानमा मिल्काइसकेको राजतन्त्रले टाउको उठाउन खोजेको प्रति जनसमुदायमा ध्यानाकर्षण गराउँदै त्यसतर्फ सचेत रहन समेत संघले अपील गरेको छ ।











