
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।
योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर ४१० रुपैयाँ कायम भएको छ ।











