Logo
Logo

एनआइबिएल एस क्यापिटल नेसनल पेमेन्ट स्वीचमा आबद्ध



काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेड नेपाल क्लियरिङ हाउस (एनसिएचएल)मा आबद्ध भएको छ । बैंकले आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउस (एनसिएचएल)को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्वीच (एनपिएस)मा आबद्ध भएको हो ।

आबद्धतासम्बन्धी सम्झौतामा क्यापिटलका डेपुटी प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेको जनाइएको छ ।

सम्झौताअनुसार एनआइबिएल एस क्यापिटलका आन्तरिक प्रणालीलाई एनसिएचएलको नेसनल पेमेन्ट इन्टरफेससँग जोडी विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्ने कारोबार गर्न सक्ने छ ।

साथै क्यापिटलका डिभिडेन्ट भुक्तानीलगायत तलब, भेन्डर भुक्तानीलगायतका विभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबार आफ्ना तथा लाभग्राहीका बैंक खाताबीच सोझै गर्न सक्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्