Logo
Logo

हिमालयन लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रार सम्बन्धी सेवाका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्टार नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता २०८० साल जेठ १७ गते बुधबार सम्पन्न भयो ।

सम्झौतामा हिमालयन लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक आसपमा मर्ज भई हिममालय लाइफ इन्स्योरेन्स लिमिटेड कायम भई २०८० वैशाख २६ गतेबाट संयुक्त कारोबार सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्