काठमाडौं । नेपालमा डीटीएच सेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा ISO प्रमाणीकरण प्राप्त गरेको छ । अमेरिको क्वालिटी स्टेण्डर्स रेजिस्टेजले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्य सम्पादन मुल्याँकन र ग्राहक सेवाको गुणस्तरको आधारमा निरीक्षण गरी डिश मिडिया नेटवर्कलाई ISO9001M2015 प्रदान गरेको हो ।

स्याटेलाइट टेलिभिजनमार्फत नेपालको कुना काप्चामा गुणस्तरिय सेवा प्रदान गर्दै आएको कम्पनीले पछिल्लो समय अन्य सेवा प्रदायकको भन्दा सुलभ र उच्च गुणस्तरको इन्टरनेट सेवा संचालन गरिरहेको छ । यस्तै हालै आफ्नो सेवालाई विस्तार गर्ने क्रममा डाटा सेन्टर पनि संचालनमा ल्याएको छ ।
नेपालको पेटिभी इन्डस्ट्रीमा आमूल परिवर्तन ल्याउन सफल डिशहोमले आफ्नो ग्राहकहरु उच्चगतिको इन्टरनेट सहज र सर्वसुलभ मूल्यमा प्रदान गर्नुका साथै ग्राहक सेवालाई अझ सहज बनाउन देशैभरि विभिन्न स्थानमा डिलर नेटवर्क, सर्भिस सेन्टर र २४सै घण्टा ग्राहक सेवा केन्द्र संचालन गरिरहेको छ ।
उत्कृष्ट ग्राहक सेवा, कुशल नेतृत्व, व्यवस्थित कार्य सम्पादनको कारणले गर्दा कम्पनीले ISO प्रमाणीकरण प्राप्त गर्न सफल भएको हो । अबको दिनमा कम्पनीले समय अनुसारको प्रविधि प्रयोग गरि कम्पनीले प्रदान गरिरहेको विभिन्न सेवालाई थप गुणस्तरीय र ग्राहक सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने कम्पनीले जनाएको छ ।











