Logo
Logo

प्रधानमन्त्रीले उज्जैनस्थित महाकालेश्वरमा चढाए १ सय ८ किलोग्राम रुद्राक्ष



मध्य प्रदेश । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाआजा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार उक्त मन्दिरमा १ सय ८ किलोग्राम रुद्राक्ष समेत चढाएका छन् । साथै, ५१ हजार रुपैयाँ पनि दान गरेका छन्।

भारत भ्रमणको तेस्रो दिन शुक्रबार प्रधानमन्त्री प्रचण्ड मध्य प्रदेश पुगेका हुन् । मध्य प्रदेशको इन्दौरमा उनलाई त्यहाँका मुख्यमन्त्री शिवराज चौहानले स्वागत गरेका थिए ।

शुक्रबार प्रधानमन्त्री प्रचण्ड इन्दौरको होटल मेरियटमा बस्नेछन् । त्यहाँ उनीसँग मध्य प्रदेशका राज्यपाल मंगुभाइ पटेलले भेट गर्नेछन् । मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले प्रधानमन्त्री प्रचण्डको सम्मानमा रात्रिभोज आयोजना गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्