Logo
Logo

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ एयरलाइन्सले एकैदिन दुईवटा चार्टर उडान गर्दै



काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट एकै दिन दुईवटा अन्तर्राष्ट्रिय चार्टर उडान हुने भएको छ । संचालनमा आएको ६ महीनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुआन एयरलाइन्सले दुईवटा चार्टर उडान गर्न लागेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख विक्रम गौतमका अनुसार आउँदो २१ जुनमा चीनको सिचुआन एयरलाइन्सले छेङ्दु-पोखरामा दुईवटा चार्टर उडान हुने भएको छ ।

पोखरामा पहिलोपटक हुन लागेको ‘ड्र्यागन बोट रेस फेस्टिभल’ का लागि यी एयरलाइन्सले चार्टर्ड उडान गर्ने भएका हुन् । दुई उडानमार्फत चीनबाट डेढ सयभन्दा बढी यात्रुरपर्यटक ल्याइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ।

गत जनवरी १ तारिखबाट संचालनमा आएको यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य लगायत वायुसेवा कम्पनीले नियमित उडान गर्दै आएका छन्।

प्राधिकरणका अनुसार यो विमानस्थलबाट नियमित उडान गर्नका लागि हिमालय एयरलाइन्स, जजिरा एयरवेज, सिचुआन एयरलाइन्स लगायत वायुसेवा कम्पनीले नियमित उडानका लागि सम्भावित अध्ययन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्