Logo
Logo

दिल्लीमा प्रधानमन्त्रीको बिदाइ


945
Shares

नयाँ दिल्ली । चार दिने भारत भ्रमण अन्त्य गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ नेपाल आउने भएका छन् । प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी विमानस्थलमा बिदाइ गरिएको हो ।

बिदाइ समारोहमा भारतकी विदेश राज्यमन्त्री मिनाक्षी लेखी, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा लगायतको उपस्थिति रहेको थियो ।

भारतमा रहँदा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी, भारतीय राष्ट्रपति द्रौपदी मुर्मु तथा उपराष्ट्रपति जगदीप धनकडसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्