Logo
Logo

भारत भ्रमण परिणाममुखी भएको छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण परिणामुखी भएको बताएका छन् । चारदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले यस पटकको भारत भ्रमण विगतको भन्दा भिन्न र परिणामुखी भएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आफूले सोचेजस्तै भारत भ्रमण भएको समेत बताए । उनले नेपालमा निर्माणाधीन जलविद्युत् तथा सडकजस्ता ठूला विकास परियोजनाका लागि अतिआवश्यक पर्ने विस्फोटक पदार्थको सरल र सहज आपूर्तिका लागि भारतीय समकक्षी नरेन्द्र मोदीसँग सकारात्मक कुराकानी भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘जलविद्युत् तथा सडक जस्ता ठूलो परियोजनाका लागि आवश्यक विस्फोटक पदार्थको सरल र सहज आपूर्तिको विषयमा मैले भारतीय प्रधानमन्त्री मोदीजीसँग सकारात्मक कुरा गरेको छु ।’ उनले विभिन्न मुख्य सात वटा सम्झौतामा हस्ताक्षर भएको बताउँदै भने, ‘सीमा विवाद समस्या समाधान गर्ने जस्ता विषयमा पनि छलफल भएको छ ।’

प्रतिक्रिया दिनुहोस्