Logo
Logo

मेटमणिको दावी- आउँदो चुनावमा एकीकृत समाजवादी पहिलो पार्टी बन्ने छ



दाङ । नेकपा एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले आउँदो चुनावमा एकीकृत समाजवादी मुलुकको पहिलो पार्टी बन्ने दावी गरेका छन् । एकीकृत समाजवादी दाङले शनिबार घोराहीमा आयोजना गरेको पार्टीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा चौधरीले उक्त धारणा राखेका हुन् ।

उनले भने, ‘मुलुकका ठूला पार्टी र तीनका ठूला नेता भ्रष्टाचारमा तानिँदै गएका छन् । तीनका बदमासी अब जनताले बुझिसके । तर, एकीकृत समाजवादीको कुनै पनि नेतामाथि कसैले प्रश्नसमेत उठाउन सकेको छैन । आज भ्रष्टाचारका विरुद्ध हाम्रा नेता कार्यकर्ताहरु सडकमा प्रदर्शन गरिरहेका छन् । यसकारण पनि आउँदो चुनावमा हाम्रो पार्टी पहिलो पार्टी बन्ने निश्चित छ ।’

पूर्वमन्त्रीसमेत रहेका चौधरीले पार्टीप्रति जनतामा आशा जागेको बताउँदै भने, ‘आज इमानदार नेता भएको पार्टी भनेको एकीकृत समाजवादी नै देखियो । मुलुकको सच्चा कम्युनिष्ट पार्टी पनि यही मात्र हो । ठुला पार्टीप्रतिको विकर्षण र हाम्रो पार्टी नीति, विचार र नैतिकताका कारण पनि हाम्रो पार्टी सबैभन्दा ठुलो पार्टी बन्दैछ ।’

प्रतिक्रिया दिनुहोस्