Logo
Logo

नेपाली भूमि भारतलाई दिने प्रधानमन्त्रीको अभिव्यक्तिबारे एमालेले संसद्मा जवाफ माग्ने



काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै संसदमा जवाफ माग गर्ने भएको छ ।

शनिबार बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा गैर जिम्मेवार पूर्ण र राष्ट्र हित विपरीत अभिव्यक्ति दिएकोप्रति आपत्ती जनाउँदै संसदमा जवाफ माग गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरूसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिएका थिए ।

उनले नेपाली पत्रकारहरुसँग कुरा गर्दै भनेका थिए, ‘हामीलाई बंगलादेशसम्म सीधै जाने बाटो चाहिएको छ भनेर नेपालमा उहिलेदेखि आवाज उठिरहेको कुरा हो । हाम्रो आवश्यकता पनि हो, चाहना पनि हो । त्यसमा कहीँ म्यानेज गर्न सक्ने हो भने पनि एउटा हल हुन सक्छ ।’

प्रधानमन्त्री प्रचण्डले थपे, ‘हाम्रा विज्ञहरूको सुझाव त्यो आउने गरेकै छ । नेपालमा विज्ञहरूले त्यतापट्टि पाउने हो भने ठीकै छ भन्ने खालको नि कुरा आएको छ, त्यो पनि हुन सक्छ । अथवा अर्को केही पनि हुन सक्छ । विकल्पहरूबारे सोच्न सुरु भयो अब हिजोबाट ।’

प्रतिक्रिया दिनुहोस्