Logo
Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकन डलर एकको खरिद दर १३१ रूपैयाँ ४० पैसा र बिक्री दर १३२ रूपैयाँ पैसा रहेको छ ।

त्यस्तै युरो एकको खरिद दर १४१ रूपैयाँ ५० पैसा र बिक्री दर १४२ रूपैयाँ १५ पैसा रहेकाे छ । बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ७२ पैसा र बिक्री दर १६५ रूपैयाँ ४८ पैसा, क्यानेडियन १ को खरिददर ९७.९६ र बिकी दर ९८.४ मा  किनबेच हुनेछ । 

उता, अस्ट्रेलियन डलर एकको खरिद दर ८७. १४ रुपैयाँ तथा बिक्री दर ८७.५४  रुपैयाँ तोकिएको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०६ पैसा र बिक्री दर ३६ रूपैयाँ २३ पैसा, साउदी रियाल एकको खरिद दर ३५.४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.२४ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.७१  रुपैयाँ रहेको छ भने बिक्री दर २९.८४ रुपैयाँ रहेको छ ।

साथै, साउथ कोरियन वन १०० को खरिददर १०.११ रुपैयाँ  छ भने बिक्री दर ९०.१५ रुपैयाँमा खरिद बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस्