Logo
Logo

बालकृष्ण खाणको पक्षमा दर्जन बढी वकिलले बहस गर्ने



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरुको मुद्दामा आजदेखि थुनछेक बहस हुँदैछ ।

जिल्ला अदालत काठामाडौंमा शुक्रबार १८ जनाकै अदालती बयान सकिएसँगै आजदेखि पुर्पक्षका लागि जेल पठाउने कि कारागार बाहिरै राखेर मुद्दा चलाउने भन्ने विषयमा बहस हुने भएको हो ।

यसै प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाणका पक्षबाट २ जना पूर्वमहान्यायाधिवक्तासहित दर्जन बढी कानुन व्यवसायीले बहस गर्ने भएका छन् ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणका पक्षमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादवले बहस गर्दैछन् । खाण गृहमन्त्री हुँदा खाती महान्यायाधिवक्ता थिए ।

त्यस्तै, नेपाल बार एसोसिएसनका वर्तमान र पूर्वअध्यक्षहरूले पनि खाणको पक्षमा बहस गर्दैछन् । बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रमेबहादुर खड्काले खाणको पक्षबाट बहस गर्ने छन् ।

त्यसबाहेक योगेन्द्र अधिकारीसहित १८ जनाभन्दा बढी अधिवक्ताले खाणको पक्षबाट बहस गर्न नाम टिपाएको खातीले बताए । अधिकारी डेमोक्र्याटिक लयर्स एसोसिएसनका अध्यक्ष हुन् ।

पूर्वमहान्यायाधिवक्ता खातीले बहस गर्न चाहने अधिवक्ताको संख्या धेरै भए पनि काँटछाँट गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्