Logo
Logo

घनश्याम भुसाललाई पितृशोक



काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ।

उनका पिता जगन्नाथ भुसालको आज (आइतबार) ९७ वर्षको उमेरमा निधन भएको हो ।

उनको रूपन्देहीको तिलोत्तमा नगरपालिका-९ स्थित निवासमै आज बिहान ७ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

स्वर्गीय भुसालका श्रीमती, चार छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्