Logo
Logo

टी-२० क्रिकेट : मलेसियाद्वारा नेपाललाई ११० रनको लक्ष्य



काठमाडौं । मलेसियामा जारी महिला टी–२० शृखंलाको अन्तिम खेलमा आज घरेलु टोलीबाट नेपालले ११० रनको लक्ष्य पाएको छ ।

शृखंलाको पाँचौ तथा निर्णायक खेलमा युकेएम–वाईएसडी ओभलमा मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर १०९ रन बनाएको हो ।

यसअघिको चार खेलमा नेपाल र मलेसियाले २–२ खेल जितेकोले आजको खेल जित्ने टिमले शृखंला जित्नेछ । मलेसियाको लागि ओपनर वान जुलियाले सर्वाधिक ४७ रन बनाइन् । विनफ्रेड दुराइसिंगमले २४ र माहिरा इजातीले २० रन बनाइन् ।

पहिलो विकेटका लागि वान जुलिया र विनफ्रेड दुराइसिंगमले ३८ रनको साझेदारी गरेका थिए । नेपालकी कविता जोशीले आठौं ओभरमा विनफ्रेडलाई एलबीडब्लु धरापमा पार्दै साझेदारी तोडिन् । त्यही ओभरमा कप्तान मास एलिसालाई कविताले जोशीले एलबीडब्लु आउट गरिन् ।

त्यसपछि वान जुलिया र माहिरा इजातीले तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरे । इश्वरी विष्टले १९औं ओभरमा माहिरालाई आउट गर्दै यो साझेदारी तोडिन् । अन्तिम ओभरमा मलेसियाका दुई खेलाडी रनआउट भए ।

प्रतिक्रिया दिनुहोस्