Logo
Logo

नागरिकता प्रमाणीकरणविरुद्धको रिट न्यायाधीश शर्माको बेन्चमा



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटको आज सुनुवाइ हुँदैछ ।

वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले हालेको रिट निवेदनमाथि आज आइतबार सुनुवाई हुने भएको हो । त्यसका लागि न्यायायाधीश डाक्टर मनोजकुमार शर्मा को बेन्चमा पेशी तोकिएको छ ।

रिटमा राष्ट्रपति पौडेलबाट प्रमाणीकरण भएको विधेयकलाई कानुनको अंग नबनाउन माग गरिएको छ । रिटमा राष्ट्रपतिले गरेको प्रमाणीकरण असंवैधानिक भएकाले लागू नगर्न–नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ ।

यसैबीच संशोधित नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । तर, केही प्रमुख जिल्ला अधिकारीले नागरिकता वितरणका लागि गृहले परिपत्र नै जारी गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्