Logo
Logo

सुनको भाउ प्रतितोला १७ सयले घट्यो



काठमाडौं । नेपाली बजारमा आज(आइतबार) पहेँलो धातु सुनको भाउ प्रतितोला १६ सयले घटेको छ ।

गत शुक्रबार तोलाको एक लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापवाल सुन आज १६ सयले घटेर प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवशायी महासंघले जनाएको छ ।

गत शुक्रबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । तेजाबी सुन आज प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटको छ । आज चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ४३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्