
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक चल्न नदिने भएको छ ।
एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले जारी नागरिकता विधेयक, भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र रेशम चौधरी रिहाइको विषयलाई लिएर एमालेले संसद् चल्न नदिने अडान लिएको हो ।
जसकाराण हाज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक १२ बज्दासमेत सुरु हुन सकेको छैन । राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक तत्काल संसदमा टेबुल गरेर सदनबाट पारित हुनुपर्ने आफूहरूको माग रहेको एमाले सांसद ठाकुर गैरेले जानकारी दिए ।











