Logo
Logo

सरकारले नै संविधान मिच्यो : एमाले


567
Shares

काठमाडौं । नेकपा एमालेले सरकारले संविधान मिचेको आरोप लगाएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरिले सरकारले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराएर सरकारले नै संविधान मिचेको आरोप लगाएका हुन् ।

‘सरकारले नै संविधानलाई मिचेर अगाडि बढ्ने, मुलुकको राष्ट्रिय अखण्डतालाई नै प्रश्न उठ्ने खालको काम सरकारको तर्फबाट हुन थाल्यो,’ उनले भने ।

सरकारले संविधानलाई पालना नगरेर उल्टो बाटोमा हिँडेको उनको टिप्पणी थियो ।

प्रतिक्रिया दिनुहोस्