Logo
Logo

प्रतिनिधिसभाको बैठक सोमबार ११ बजे बस्ने


567
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । आइतबार बसेको प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतले अवरोध गरेपछि सुरुमा एक घण्टाको लागि स्थगित गरिएको थियो । तर, बैठक भोलि मात्र बस्ने भएको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता प्रमाणीकरण, रेशम चौधरीलाई आममाफी र लिपुलेक–लिम्पियाधुरासहितको भूभाग बंगलादेशको फूलबारी बन्दरगाहसम्म पुग्ने बाटोसँग साटफेर गर्न सकिने भनेर दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले बैठक अवरूद्ध गरेका थिए ।

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले नागरिकता प्रमाणीकरण नसच्याएसम्म सदन चल्न नदिने बताएपछि आइतबार बैठक बस्न नसकेको हो ।

प्रमुख प्रतिपक्षी लगायतका दलले सरकारले प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ र प्रमाणकरणी नसच्याएसम्म बैठक चल्न नदिने अडान लिएपछि संसद् सचिवालयले सोमबार बिहान ११ बजे बैठक बस्ने सूचना प्रकाशित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथि छलफल सुरू गर्ने कार्यसूची रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्