Logo
Logo

धनुषामा नागरिकताविहीनको विरोध प्रदर्शन


882
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन गर्न सर्वोच्च अदालतले रोक लगाएपछि धनुषामा विरोध प्रदर्शन भएको छ ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने क्रममा उद्धृत गरेका संविधानका प्रावधानहरू विधेयक प्रमाणीकरणसँग सम्बन्धित नभएको भन्दै सर्वोच्चले तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि नागरिकताविहीन संघर्ष समितिले सोमबार बिहान विरोध गर्दै चक्काजाम गरेको हो ।

जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता कानुनको विरोध गरेका एमालेलगायत दलहरूविरूद्ध नाराबाजी गरी टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

अहिले सर्वोच्च अदालत, एमालेविरूद्ध पनि उनीहरूले नाराबाजी गरिरहेका छन् । गृह मन्त्रालयले परिपत्र गरिसके पनि जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन अस्वीकार गरेको भन्दै समितिले हिजो (आइतबार) पनि जनकपुरम प्रदर्शन गरेका थिए ।

चक्काजामका कारण जनकपुरदेखि पूर्व(पश्चिम हिँडेका यात्रु अलपत्र परेका छन्। पूर्व-पश्चिम राजमार्गका गाडी पनि रोकिएका छन्।

प्रतिक्रिया दिनुहोस्