Logo
Logo

दलहरुबीच सदनको अवरोध हटाउने सहमति, प्रधानमन्त्रीले जवाफ दिने


1.6k
Shares

काठमाडौं । प्रतिनिधिसभाको अवरोध हटाउन दलहरुबीच सहमति जुटेको छ ।

सोमबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग गरेको छलफलपछि बैठकको अवरोध हटाउने सहमति जुटेको उनको सचिवालयले जनाएको छ ।

आइतबार नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले नागरिकता विधेयक, भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले नेपाली भूमि साटफेर गर्न भनदै दिएको अभिव्यक्तिबारे प्रश्न उठाउँदै सदन अवरुद्ध पारेका थिए ।

आजको बैठकको सुरुमा प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले सदनमा उठेका विषयको जवाफ दिने सहमति भएको एमालेका सचेतक पदम गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्