
काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलले विरोध जनाएका छन् ।
आज (सोमबार) बैठक सुरु भएसँगै एमालेसहित प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका हुन् । यसपछि सभामुख देवराज घिमिरेले एमालेका सांसद योगेश भट्टराईलाई बोल्न समय दिएका छन् ।
अहिले सांसद भट्टराईले बोलिरहेका छन् । हालै प्रमाणीकरण गरेको नागरिकता विधेयकले वास्तविक नेपालीले भन्दा बाहिरकाले नागरिकता पाउने गरी ल्याएको उनको भनाइ छ ।














