Logo
Logo

योगेशको प्रश्न : राष्ट्रपति र प्रधानमन्त्रीले संसदलाई दिउँसै ढाँट्ने ?


504
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री र राष्ट्रपतिले संसदलाई दिउँसै ढाँटेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले नागरिकता विधेयक गैरसंवैधानिक रुपमा प्रमाणीकरण गरेको बताउँदै उनले प्रधानमन्त्री र राष्ट्रपतिले दिउँसै ढाँटेको बताएका हुन् । साथै उनले सदनलाई ढाँट्ने गरी राष्ट्रपति माथि नहुने बताए ।
‘प्रधानमन्त्रीले आफूलाई नभएको अधिकार विधेयक प्रमाणीकरण गर्न सिफारिस गर्ने अधिकार उहाँलाई कसले दिया ? त्यो अधिकार प्रयोग गरेर राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साउने,’ उनले भने, ‘संसदको विशेष अधिकार हनन गर्नेमाथि पनि कारबाही हुनसक्छ। राष्ट्रपति कार्यालयले पठाएको पत्रको धारा ६६ र ६१ मा विधेयक प्रमाणीकरण कहाँ छ? संसद् र नेपाली जनतालाई दिउँसै ढाँट्ने? ढाँट्न प्रधानमन्त्रीले उक्साउने? राष्ट्रपति संसदभन्दा माथि हुँदैन। राष्ट्रपति संसदको एउटा अंग हो,’ उनले भने ।

नेपालको नागरिकताको समस्या आजदेखिको नभएको बताउँदै उनले यसलाई विषय सबै राजनीतिक दल मिलेर राष्ट्रिय सहमतिमा टुंगो लगाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्