
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद योगेश भट्टराईले कुनै पनि शर्तमा कालापानी, लिपुलेक लिम्पियाधुरा अर्को देशलाई दिन नसकिने बताएका हुन् । ‘हामी कुनै जग्गा सट्टा भर्ना गर्ने शर्तमा राष्ट्रियता बन्धक राख्न सक्देनौं,’ उनले भने ।
भारतीय प्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालापानी, लिम्पियाधुरा भारतसँग साटफेर गर्ने सकिने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिविरुद्ध एमाले सदनमा कडाईका साथ प्रस्तुत भएको हो ।














